454 views
48 likes
1 comments
0 shares

सबै को रक्षा गर्नुस भगवान मुटु नै फुटला जस्तो भको छ यो देखे सुरुवाती चरणमा भूकम्पका कारण पहिरो गएको र त्यसले गर्दा बाढी आएको अनुमान गरिएको थियो । तर, अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले पछि यो विपत्ति भूकम्प नभई 'ग्लेसियर कोल्याप्स' का कारण भएको स्पष्ट पारेको छ । हिमनदी भत्किएर उपत्यकाको फेदमा बजारिँदा उत्पन्न भएको कम्पन ५.२ म्याग्निच्युडको भूकम्प बराबर शक्तिशाली रेकर्ड गरिएको थियो । । भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना चिन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुंदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, हिजो भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ। यस अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुंदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्दार कार्यमा खटिनुहुने उद्दारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ। बाढी पूर्वानुमान महाशाखा मिति २०८३-०५-११, दिउँसो ४ः४६ बजे स्रोत : National Disaster Risk Reduction & Management Authority Nepal Flood Alert-नेपाल बाढी सूचना #NepalNews #NepalGovernment #NepalPolice #Update #FloodAlert