Raman Sharma · @ramansharma402

Posted 1 month ago
17.23K followers
485.95K views
21.4K likes
186 comments
4.95K shares

🚨 ब्रेकिङ अपडेट: वीरगञ्जका दुई होटलमा प्रहरीको छापा, सञ्चालकसहित १२ जना पक्राउ!🚨 पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुईवटा होटलमा छापा मारी अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको टोलीले अभिषेक होटलसहित दुई स्थानमा गरेको अनुसन्धानका क्रममा ७ महिला र ५ पुरुष पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ९ जना भारतीय नागरिक र ३ जना नेपाली रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सामाजिक सञ्जालमा आएका बङ्गार्फित तथ्याङ्कहरू भ्रामक रहेकाले वास्तविक तथ्य यो नै हो। #BirgunjNews #NepalPolice #Parsa #BreakingNews #foryou