Postado 7 horas atrás
23.5K seguidores
160 views
7 likes
0 comments
0 shares
सरकार गठन भएको ६ महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको 'शीतयुद्ध' उत्कर्षतर्फ उन्मुख भएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा गरिएको १२ घण्टे 'पक्राउ' यिनै दुई नेताबीचको टकराव र षड्यन्त्रको आशंकाको परिणाम भएको रास्वपा स्रोतले जनाएको छ । प्रधानमन्त्री देशबाहिर हुँदा रविले चोलेन्द्रको सहयोगमा सरकारविरुद्ध षड्यन्त्र गरेको बालेन पक्षको आशंका छ भने, बालेनको कार्यशैलीप्रति रवि रुष्ट छन् । तीव्र असन्तुष्टिका बाबजुद उनीहरूलाई अहिलेसम्म टुट्न नदिएको एउटै कारण भनेको भदौ २४ को घटना र पुराना दलहरूबाट भविष्यमा हुन सक्ने सम्भावित कारबाहीको त्रास हो । #rabibalen #RSP #nepalipolitics